अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 04:28

मुलुक विदेशीहरूको चक्रव्यूहमा फस्यो: सीपी मैनाली

बिआरटीनेपाल २०८१ असार १६ गते ७:४० मा प्रकाशित

नेकपा ९माले० का महासचिव सीपी मैनालीले मुलुक विदेशीहरूको चक्रव्यूहमा फसेको बताउनुभएको छ । दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीहरूले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो ।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई विदेशीहरूको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्नो विगतलाई समीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । मैनालीले भन्नुभयो, ‘अब दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ । यस्तो खालको कमजोरीहरू हाम्रोमा छन् । अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिन । तर अहिले तत्कालै एउटा फेरी एउटा राजनीतिक परिवर्तनको आवश्यकता देखिएको छ । त्यसका कार्यक्रमहरू, त्यसका लक्ष्यहरू, विधिहरू के हुन सक्लान् रु अहिले मैले भन्न पाइनँ । अहिले मुलुक विदेशीहरूको चक्रव्यूहबाट मुक्त भएर स्वतन्त्र समाजको रूपमा अघि जान सक्छ । देशमा जनसत्ता आउन सक्ला । र पुँजीवाद विरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सृजना हुन सक्ला ।’

महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिस्ट शक्तिहरूबिच एकता भइहाल्ने अवस्था नरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय