अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 04:35

सहमतिबाट नेतृत्व चयन हुन नसके चुनाव हुन्छः झलनाथ खनाल

बिआरटीनेपाल २०८१ असार १६ गते ७:३७ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। खनालले नेताहरुको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताउनुभयो। कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको उहाँको भनाइ थियो। उहाँले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताउनुभयो।

खनालले भन्नुभयो, ‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुने गरी निर्माण गरौँ। त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउँछ। हामी नेताहरुको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन। हामी कहिलेकहीँ बहस गर्दछौँ। कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन। हामीले यो महाधिवेशनभित्रबाट पनि मन्थन गरेर व्यापक दस्ताबेजहरुको संश्लेषण गरेर आफ्नो निष्कर्ष निकाल्छौँ। अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैनरु लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय