अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

न्यूयोर्कमा वार्षिक वनभोज तथा बारबिक्यू कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ असार १६ गते ७:०९ मा प्रकाशित

न्यूयोर्क, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आयोजना गरेको वार्षिक वनभोज तथा बारबिक्यू कार्यक्रम न्यूयोर्क राज्यको स्थानीय राजनीतिज्ञ लगायत विभिन्न सँघसंस्थाका प्रतिनिधिहरूकाबीच सम्पन्न भएको छ ।

फिवनाले हरेक वर्ष मानाउंदै आएको उक्त कार्यक्रममा न्यूयोर्क राज्यको सेनेटर जोन लु, एसेम्बलि मेम्बर स्टेभेन रागा, साउथ एसियन कोरडिनेटर फर मेयर अफिस एरिक एडम सुकुरानी रघुरण्दन लगायतका ब्याक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनीहरूले नेपाली आदिवासी महिलाहरूले अमेरिकामा आएर गरेको यस कार्यप्रति प्रशंसा व्यक्त गरे । सोही अवसरमा उनीहरूको जिज्ञासालाई सम्बोधन गर्दै आयोजक संस्थाको तर्फबाट अध्यक्ष इन्दिरा चोङबाङले संस्था स्थापना र यसका उद्देश्यहरूलाई संक्षेपमा प्रस्तुत गरिन् ।

आपसी सद्भाव कायम गर्ने, मनोरञ्जन प्रदान गर्ने र नयां सम्बन्धहरू बिस्तार गर्दै अघि बढ्ने उदेश्यकासाथ आयोजित यस कार्यक्रममा न्यूयोर्कमा रहेका बिबिन्न संघ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको साथ र सहयोग रहेको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिका (फिपना) का कार्यकारी अध्यक्ष तुल बहादुर तामाङ, तमु गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष ओम गुरुङ, किरात याकथुङ चुम्लुङका अध्यक्ष दीपक थेबे. उपाध्यक्षदय बिबिश माङ्मु, सरोज थाङदेन, किरात राई सोसाइटी अफ अमेरिका(युक्रा) का केन्द्रीय उपाध्यक्ष केशवराम राई, युक्रा न्यूयोर्क च्याप्टरकी अध्यक्ष तथा फिपनाका उपाध्यक्ष ममता राई, थारूएण्ड फ्रोन्ड्स सोसाइटीका वरिष्ठ उपाध्यक्ष तथा फिप्नाका महासचिव दीपक चौधरी, किरात सोसाइटी ओफ अमेरिका न्यूयोर्क च्याप्टर पूर्व अध्यक्ष भारती राई, माइनोरोटी इम्पावरमेन्टका अध्यक्ष श्याम कार्की, हामी नेपाली ग्लोबल न्यूयोर्क च्याप्टरका अध्यक्ष बिरेनद्रजंग केसी, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष सानुमाया तामाङ, हेल्लो अमेरिकाका डीरेक्टर किशोर सुब्बा र क्यामोराम्यान सम्राट् कार्की लगायत अन्य प्रतिनिधिहरूको उपस्थित र साथ सहयोग रहेको थियो ।

सोही अवसरमा नेपाली जनमानसलाई मानसिक स्वास्थ्य सम्बन्घि जनचेतना जोगाउने अभिप्रायकासाथ न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ हेल्थका प्रोग्राम कोर्डिनेटर किरक्लिन स्कोडर लगायतका उनका टिमले टेबलिङ प्रयोग गरेका थिए ।

अध्यक्ष चोङबाङको संयोजकत्वमा आयोजित सो कार्यक्रममा उपस्थितहरूले नेपाली खानासँग रमाउँदै नेपाली गीतमा छमछम नाचगान गर्दै भरमग्दुर आनन्द लिए । कार्यक्रममा उपस्थितहरूले संस्थाकी सदस्य शान्ति जिरेलले स्वागत गरिन् । उक्त अवसरमा बालबालिकाहरू र बयस्कहरूकालागि मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विभिन्न खेलकुदहरूकोपनि आयोजना भएको थियो । साथै उक्त खेलकुदहरूमा प्रथम र दितीय हुने विजेताहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो भने उक्त खेलकुदको संयोजक पूर्व महासचिव बन्दना राईले गरेकिहुन् भने साथमा महासचिव इन्दु लामिछाने, सदस्य आभा श्रेष्ठ रहेकी थिइन् ।

अन्तमा अध्यक्ष चोङबाङले महिलाहरूले आयोजना गरेको यस कार्यक्रम सम्पूर्ण पुरुषहरूको सहभागिताबिना अपूर्ण रहेको अवगत गर्दै कार्यक्रम सफल पार्नकालागि महत्त्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण ब्याक्तित्वहरू, र सहभागिता जनाउने सम्पूर्ण संघ संस्थाहरू, मिडियाकर्मीहरू लगायत सम्पूर्ण उपस्थितहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भयो ।

प्रतिक्रिया