अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

इरानकाे राष्ट्रपति चुनावमा सुधारवादी नेतालाई अग्रता

बिआरटीनेपाल २०८१ असार १६ गते ७:०६ मा प्रकाशित

इरानको राष्ट्रपति चुनावमा सुधारवादी नेता मसूद पेजेस्कीयनले अग्रता लिनुभएको छ । हिजो भएको राष्ट्रपतीय चुनावको मतगणना चलिरहँदा पेजेस्कीयन राम्रो मतले अघि रहेका बीबीसी हिन्दीले जनाएको छ ।निकटतम प्रतिष्पर्धी सईद जलिलीलाई पेजेस्कीयनले १० लाख मतले पछि पार्नुभएको छ । अहिलेको मतगणनाको अवस्था हेर्दा उहाँ नै निर्वाचित हुने देखिएको खबरमा उल्लेख छ ।

सईद जलिलीलाई रुढीवादी नेता मानिन्छ । ६९ वर्षीय मसूद पेजेस्कीयनलाई भने सुधारवादी नेताका रूपमा चिनिएकाले केही विकृति र अन्धविश्वास हटाउन भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । उहाँ मुटुको डाक्टर र पूर्व स्वास्थ्य मन्त्री पनि हुनुहन्छ । यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त नगरेमा पुनः चुनाव हुनेछ । इरानका राष्ट्रपति इब्राहिम रईसीको गएको मे १९ तारिखमा हेलिकप्टर दुर्घटनामा ज्यान गएपछि चुनाव भएकाे हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू