अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

चीनको सीमा नजिक लद्दाखमा बाढी आउँदा ५ जना भारतीय सैनिकको ज्यान गयो

बिआरटीनेपाल २०८१ असार १६ गते ७:०७ मा प्रकाशित

भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ ।लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा बाढी आउँदा पाँच जना सैनिकको डुबेर ज्यान गएको सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दै गर्दा आज पानीको सतह अचानक बढेको थियो ।

ट्याङ्कमा एक जुनियर कमिसन्ड अफिसर (जेसीओ) र चार जना जवान रहेका थिए । उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगे पनि पानीको सतह बढेका कारण ट्याङ्का रहेका सैनिकलाई बचाउन नसकिएको खबरमा उल्लेख छ । यसैबीच घटनालाई लिएर केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू