अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ – पूर्वप्रधानमन्त्री भट्टराई

बिआरटीनेपाल २०८१ असार १६ गते ६:५८ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताउनुभएको छ। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताउनुभयो । अध्यक्ष भट्टराईले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले नेपाल पछाडि नपरेको उल्लेख गर्नुभयो ।

नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताउँदै उहाँले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताउनुभयो । भट्टराईले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए । समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्याउने गरी काम गर्नुपर्ने भट्टराईको भनाई थियो ।

‘नेपाल पछाडि परेको एतिहासिक कारणले हो । हामी हाम्रो जैविक, वातावरणीय रुपले पछाडि परेका छैनौँ । हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्छ । बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता हो भन्ने कुरालाई पनि स्वीकार्नुपर्छ’ भट्टराईले भन्नुभयो( ‘यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो । आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाऔँ । समावेशी र प्रत्यक्ष लोकतन्त्र छ त्यसलाई अझ उन्नत बनाऔँ । त्यसो हुनसक्यो र भूराजनीतिक सन्तुलन मिलाउन सकियो भने नेपाल बन्छ ।’

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने भट्टराईको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू