अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 04:15

पार्टी महाधिवेशनमा भेला, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ असार १६ गते ६:५९ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टी महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताउनुभएको छ ।अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभएको हो ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको समेत बताउनुभयो । उहाँले महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता, कार्यकर्ताको चाहना प्रशंसनीय रहेको बताउनुभयो । उहाँले विगतमा गुटले कम्युनिष्ट पार्टीको ठूलो नोक्शान पु¥याएको र अहिलेको महाधिवेशनमा नेताहरु एकतावद्ध भएर अघि बढुन् भन्ने नेता, कार्यकर्ताहरुको चाहना प्रशंसनीय रहेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वभाविकै हो । उहाँले गुटबन्दी पार्टीमा नहोस् भन्ने कुरामा आफूहरु सचेत रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय