अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:००
| Colorodo: 07:15
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो । महामन्त्री ढकालले आफूलाई पार्टी सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नपाउने बताउनुभयो। अनुशासन आयोगले सोधेको प्रस्टीकरण पत्र नबुझ्ने उहाको भनाई छ ।
३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाउनुभएको थियो । पार्टीको हितविपरीत महामन्त्री ढकाल मिडियाबाजी गर्दै हिँडेको भन्दै प्रस्टीकरण सोधिएको बुझिएको छ ।