अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

जनताको बहुदलीय जनवाद स्वार्थ पूर्ति गर्ने माध्यम होइन : अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ असार १५ गते ७:५९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताउनुभएको छ । शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।अध्यक्ष ओलीले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताउनुभयो । उहाँले जबज्ले अहिले पनि मार्गदर्शन गरिरहेको बताउनुभयो । उहाँले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिब ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू