अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

एकीकृत समाजवादी : वरिष्ठ उपाध्यक्ष थप्ने र केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय

बिआरटीनेपाल २०८१ असार १४ गते ६:१२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।  अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् । सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ ।

त्यस्तै, बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय गरेको छ ।  एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू