अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 07:24

विनियोजन विधेयक, २०८१ राष्ट्रिय सभामा प्रस्तुत

बिआरटीनेपाल २०८१ असार १४ गते ५:३८ मा प्रकाशित

राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ सभा समक्ष प्रस्तुत  गर्नुभएको हो ।

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत  विधेयक पेश गर्नुपरेको बताउनुभयो । उहाँले विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय