अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

‘जुनियर फेस अफ सुनसरी’को बिजेता बने मुक्ता र आरोन

बिआरटीनेपाल २०८१ असार १३ गते २१:१० मा प्रकाशित

इटहरी । बालबालिकाहरुको सौन्दर्यसंगै लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र प्रोत्साहन गर्ने उद्देश्य सहित एल एण्ड सि मोडल एजेन्सीको आयोजनामा ‘जुनियर फेस अफ सुनसरी’ सम्पन्न भएको छ । असार ८ गते शनिबार सुनसरीको इटहरीमा अवस्थित इटहरी पार्टी प्यालेसमा सम्पन्न ग्राण्ड फिनालेबाट गर्ल्स तर्फ मुक्ता थापा र ब्वाइज तर्फ आरोन राज कुँवरले उपाधी हात पारे । विजेता थापा र कुँवरले क्रमशः २५-२५ हजार नगद सहित ट्रफी, क्राउन, ढाकाटोपीसंगै अन्य पुरस्कारहरु हात पारे ।

यस्तै ‘जुनियर फेस अफ सुनसरी’को ग्राण्ड फिनालेबाट गर्ल्स तर्फ फर्स्ट रनरअप समन्ता श्रेष्ठ र सेकेन्ड रनरअप अक्ष्य श्रेष्ठ बन्न सफल भईन् भने ब्वाइज तर्फ बिहान श्रेष्ठ फर्स्ट रनरअप र आरभ नेपाल सेकेन्ड रनरअप बन्न सफल भएका छन् । ग्राण्ड फिनालेको निर्णायकमा मिसेस नेपाल विजेता शान्ती पाख्रीन गुरुङ, प्रशिक्षक तथा मेघा कलेजका म्यानेजिङ डाईरेक्टर पोशन श्रेष्ठ, अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाईजर मजेश गिरि, मोडल तथा कोरियोग्राफर स्मारिका घिमिरे, क्लासी मोडल इन्टरनेसनल विजेता प्रवीण पाठक रहेका थिए ।

प्रतियोगिताको फाईनलमा २१ जना बालबालिकाले उपाधिको लागी प्रतिष्पर्धा गरेका थिए । प्रतिष्पर्धीहरुलाई ४५ दिनको तालिम तथा विभिन्न रिफ्रेसमेन्ट कार्यहरुमा सहभागी गराईएको आयोजक संस्थाका संचालक दिपक गिरिले जानकारी गराए । प्रतिष्पर्धी बालबालिकाहरुलाई उमेश खड्काले कोरियोग्राफी सिकाएका थिए । यस्तै सहायक कोरियोग्राफरको रुपमा श्रेया गिरि, कोअर्डिनेटर राज सिंह र पब्लिक रिलेसन अफिसरमा मनिषा श्रेष्ठ रहेकी थिइन् ।

प्रतिक्रिया