अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

राहुल गान्धी भारतीय लाेकसभामा विपक्षी नेता चयन

बिआरटीनेपाल २०८१ असार १३ गते ६:५५ मा प्रकाशित

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी नेता चुनिनुभएको छ । १० वर्षपछि भारतीय लोकसभामा कांग्रेसले विपक्षी दलको नेताको हैसियत पाएको हो ।यसअघिका दुई वटा चुनावमा कांग्रेसले संसद्को १० प्रतिशत अर्थात् कम्तीमा ५४ सिट जित्न नसकेपछि विपक्षी दलको नेताको हैसियत पाएको थिएन । सन् २०१४ मा २२ र २०१९ मा ५२ सिट जितेको कांग्रेसले यसपल्ट ९९ सिट जित्न सफल भएको हो । गान्धीले आज लोकसभामा विपक्षी दलको नेताका रूपमा सम्बोधन गर्दै यसपल्ट विपक्षी भारतीयहरूको आवाजको प्रतिनिधित्व दमदार तरिकाले भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय लोकसभामा विपक्षी दलको नेता एक संवैधानिक पदका रूपमा रहेको छ । विपक्षी दलका नेतालाई विशेषाधिकार प्राप्त हुन्छ । प्रवर्तन निर्देशनालय, केन्द्रीय जाँच ब्युरो, केन्द्रीय सतकर्ता आयोग, केन्द्रीय सूचना आयोग, लोकपाल, चुनाव आयोग, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको नियुक्तिमा विपक्षी दलका नेताको महत्त्वपूर्ण भूमिका हुन्छ । केन्द्रीय मन्त्रीलाई सरह तलब भत्ता र अन्य सुविधा प्राप्त हुने प्रतिपक्षी नेतालाई कर्मचारीसहितको सचिवालयसमेत उपलब्ध हुन्छ ।यसैबीच भारतीय लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित हुनुभएको छ । उहाँ लगातार दोस्रो पटक लोकसभाकाे सभामुख चुनिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू