अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकाल्यो

बिआरटीनेपाल २०८१ असार १२ गते ५:५६ मा प्रकाशित

अमेरिकी व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको छ । सन् २०२३ यता यो कम्पनीले अस्थायी कर्मचारीसमेत गरेर भारी मात्रामा कर्मचारी कटौती गरिरहेको छ । यो वर्षको अहिलेसम्मको अवधिमा जागिरबाट निकालिएका कर्मचारीको सङ्ख्या १४ प्रतिशतमाथि पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था द इकोनोमिक टाइम्सले जनाएको छ । अहिले विश्वभर टेस्ला कम्पनीको कूल एक लाख २१ हजार कर्मचारी छन् । यो भनेको गएको वर्षको तुलनामा १४ प्रतिशत कम हो ।

यसैबीच यही जुन १७ मा व्यापारी एलन मस्कले कम्पनीमा कार्यरत सबै जना कर्मचारीलाई एउटा केही दिनमा कम्पनीले कर्मचारीलाई स्टक अप्सन अर्थात् बेच्न मिल्ने शेयर दिनका लागि विस्तृत समीक्षा गर्ने भन्दै इमेल पठाउनुभएको थियो । टेस्लाले यसअघि स्टक अप्सन वितरण बन्द गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू