अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

आगलागीका घटना बढ्दै गएपछि ब्राजिलका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

बिआरटीनेपाल २०८१ असार १२ गते ५:४६ मा प्रकाशित

देशका विभिन्न ठाउँमा भइरहेको आगलागी निभाउन नकसेपछि ब्राजिलले विभिन्न राज्यमा आपतकाल घोषणा गरेको छ । सुक्खा मौसम शुरु हुनुभन्दा पहिले नै शुरु भएको आगोको लहरले बोलिभिया र पराग्वेसम्म फैलिएको पन्टानाल क्षेत्रलाई सबैभन्दा धेरै प्रभावित बनाएको छ । पन्टानाल विश्वकै सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । यसको क्षेत्र पूरै बेलायतभन्दा पनि ठूलो छ । धेरैजसो सिमसार क्षेत्र रहेको ग्रसो डो सुल राज्यले छ महिनाको आपत्काल घोषणा गरेको छ । विज्ञहरूका अनुसार धेरैजसो आगलागी मानवीय कमजोरीले भएका छन् । जङ्गल नष्ट गरेर कृषि भूमि विस्तार गर्ने षड्यन्त्रका साथ कतिपयले डढेलो लगाउने गरेका छन् ।

राजधानी रियो दि जेनेरियोको सङ्घीय विश्वविद्यालयको अध्ययनअनुसार यो वर्ष पन्तनालको ६ लाख २७ हजार हेक्टर जमिनमा आगो लागेको छ । पन्टानालमा सन् २०२० मा लागेको आगोले ३० प्रतिशत सिमसार क्षेत्र प्रभावित भएको थियो । यस वर्ष अहिलेसम्म सन् २०२० को तुलनामा ३३ प्रतिशत बढी क्षेत्रमा आगलागी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू