अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

रुसको दागेस्तानका विभिन्न ठाउँमा विद्रोहीको आक्रमण : चर्चका पादरीसहित ९ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ असार ११ गते ६:१८ मा प्रकाशित

रुसको दागेस्तानका चर्च, प्रार्थनालय र प्रहरी पोष्टमा विद्रोही समूहले आक्रमण गर्दा नाै जनाको ज्यान गएको छ ।

दागेस्तानमा रहेका दुई वटा चर्च, एक प्रार्थनालय र एक प्रहरी पोष्टमा भएको आक्रमणमा एक जना पादरी, छ जना प्रहरी र दुई जना सर्वसाधारणको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । आक्रमणमा २५ जना घाइते भएका छन् ।

रुसी सैनिकले जवाफी आक्रमणमा चार जना विद्रोही पनि मारिएका दाबी गरेको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू