अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

शेयर बजार सामान्य बढ्याे, ५ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

बिआरटीनेपाल २०८१ असार ११ गते ६:०४ मा प्रकाशित

हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ विन्दुमा पुगेको छ ।आज बैंकिङ, होटल, लगानी, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नेपाल फाइनान्स र गणपति लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने ७ प्रतिशतले घटेको छ । आज ३ सय २२ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया