अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४०
| Colorodo: 12:55
राष्ट्रिय सभा सदस्य वामदेवा गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो ।
सांसद गौतमले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताउनुभयो । यसअघिको काँग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले सम्पत्ति फिर्ता हुनुपर्ने बताउनुभयो ।
सांसद गौतमले बिनासित्तै देशको सम्पत्ति अरुलाई दिन नहुने बताउनुभयो ।