अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 12:56

गण्डकी प्रदेशका सांसद देवकोटालाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

बिआरटीनेपाल २०८१ असार ११ गते ६:०१ मा प्रकाशित

सर्वोच्च अदालतले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई नेकपा माओवादी केन्द्रले कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो । त्यसको विरुद्ध देवकोटा सर्वोच्च जानु भएकोमा सोमबार भएको सुनुवाई पछि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशले अन्तरिम आदेश दिँदै देवकोटाको कारबाही रोकेको हो ।

सर्वोच्चले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालको नाममा आदेश जारी गर्दै देवकोटालाई सांसदको रुपमा पूर्ववत कायम गर्न भनेको हो । माओवादीको चुनाव चिन्हमा चुनाव लडेको भन्दै माओवादीले उनीमाथि कारबाही गरेको थियो । गण्डकी सरकारमा उनी अहिले उर्जामन्त्री रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय