अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२
| Colorodo: 22:37
साउदी अरबमा हज गर्न गएका तीर्थयात्रीको ज्यान गएपछि ट्युनिसियाका राष्ट्रपति कैस सईदले धार्मिक मामिला मन्त्री इब्राहिम चाइबीलाई बर्खास्त गर्नुभएको छ । साउदीमा हज गर्न गएका ४९ जना ट्युनिसियालीको अत्यधिक गर्मीका कारण ज्यान गएको छ ।
हजमा गएका नागरिकको उपयुक्त हेरचाह नगर्दा उनीहरुको ज्यान गएको भन्दै राष्ट्रपति सईदले मन्त्रीलाई बर्खास्त गर्नुभएको खबरमा उल्लेख छ । साउदीमा हज गर्न गएका विभिन्न देशका सात सय जनाभन्दा धेरैको अत्यधिक गर्मीको कारण ज्यान गएको छ ।