अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 16:11

रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन : रवि लामिछाने

बिआरटीनेपाल २०८१ असार ८ गते ७:१४ मा प्रकाशित

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताउनुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहनुभएका उहाँले शुक्रबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गर्नुभएको हो ।

गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरुमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरुले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको जिकिर पनि गर्नुभयो । सरकारमा गएको सय दिन जतिभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले गज्जवले मन्त्रालयहरु चलाउने आधारहरु बनेको बताउनुभयो । उहाँले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गर्नुभयो । गृहमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभुति भएको पनि बताउनुभयो ।

गृहमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठूलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय