अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 16:10

सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको निर्देशन

बिआरटीनेपाल २०८१ असार ८ गते ७:१४ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरुमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रश्ततु हुने कार्यसूचि रहेको र ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रश्तुत नहुँदासम्मका सबै बैठकहरुमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुन निर्देशन दिने निर्णय भएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले अनिवार्य रुपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्नुहुन आग्रह गर्नुभयो । उहाँले कांग्रेस अहिले संसदमा प्रतिपक्षमा रहेको उल्लेख गर्दै प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको भएको बताउनुभयो ।

पछिल्लो समयमा संघीय संसदका बैठकहरुमा सदस्यहरुको उपस्थिति पातलो भएकाले नेपाली कांग्रेसका सांसदहरुलाई संघीय संसदका बैठकहरुमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको बताउनुभयो । प्रमुख सचेतक लेखकले अहिलेको बजेटको विनियोजन अपरिपक्व, असन्तुलित, पूर्वाग्रही, पक्षपातपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय