अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५०
| Colorodo: 19:05
युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे क्रोएसिया र अल्बानिया खेल्दैछन् । यस्तै राति पौने १० बजे जर्मनी र हङ्गेरी तथा राति पौने १ बजे स्कटल्याण्ड र स्वीट्जरल्याण्ड खेल्दैछन् ।
गएराति भएका खेलमा पोर्चुगल र टर्की विजयी भए । समूह एफको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले हरायो । यो खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् तर उनले ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।