अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८
| Colorodo: 22:33
ताप्लेजुङमा मनसुनी वर्षा शुरु भएयता बाढी पहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । विस्थापितमध्ये ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेका छन् भने ११ परिवार नजिकैको विद्यालयमा बसेका छन् ।
बाढी पहिरोबाट एक हप्ताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । एक हप्ताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
पहिरोले धेरैजसो ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । बाढी पहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् ।