अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 20:12

शेयर बजार सामान्य बढ्यो, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८१ असार ६ गते ५:४१ मा प्रकाशित

शेयर बजारमा सामान्य सुधार भएको छ । हिजो १८ दशमलव ७६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ ।आज बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जिवन विमा र अन्य समूहको शेयर बढेकोमा अन्य समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर दुई दशमलव ६२ प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्स, समाज लघुवित्त र खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर झन्डै १० प्रतिशतले नै घट्यो । आज तीन सय आठ वटा कम्पनीका ७२ लाख नौ हजार कित्ता शेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू