अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

गाजामा ४० प्रतिशत बालबालिका मारिए

बिआरटीनेपाल २०८१ असार ५ गते ७:०५ मा प्रकाशित

गत अक्टोबर ७ मा इजरायल र हमासबीच सुरु भएको युद्धबाट झण्डै ४० हजार मानिसको मृत्यु भइसकेको छ । मारिनेहरुमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक सार्वजनिक भएको छ । ‘सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको तथ्यांकमा ४० प्रतिशत बालबालिका मारिएको उल्लेख छ । युद्धमा ६० प्रतिशत बालबालिकाले अभिभावक गुमाएको दर्दनाक तथ्यांक पनि सार्वजनिक भएको छ ।

५४ लाख ४ हजार ५ सय ५६ जनसंख्या रहेको मुलुक हो प्यालेस्टाइन । यद्दपी इजरयाली आक्रमणका कारण त्यहाँको जनसंख्या कति हो भन्ने यकिन तत्थ्यांक फेला पार्न मुश्किल छ । बिगत ३ सातामा गाजामा मारिएका पेलेस्टेनी मध्ये ४० प्रतिशत बालबालिका रहेको सुन्दा जो कोहीको मन कटक्क खान्छ । खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरका यी लालाबाला इजरायल र हमासबीचको द्धन्द्धको शिकार बनेका हुन् । गाजाका महिलाहरु आफना सन्तानको शव हातमा लिएर इजरायली सेनालाई युद्ध रोक्न अपील गर्दा उनीहरुको चित्कार कसैले सुनेन ।

गाजापट्टीमा रहेका हजारौं बालबालिकाले मृत्युबरण गर्दा आफ्ना अभिभावक गुमाएका बालबालिकाको अवस्था झन् कहालीलाग्दो थियो । इजरायली सेनाको आक्रमणका कारण अभिभावकहरुसँगै शरणार्थी शिविरमा जान बाध्य यिनीहरुको हालत यति नाजुक छ कि खाद्यान्नका लागि तंझाडमझाड गर्नुपर्ने बाध्यता छ ।

इजरायलले खाद्यान्न, इन्धन, विद्युत्, चिकित्सकीय सामग्री तथा पानीको आपूर्तिमा लगाएको नाकाबन्दीलाई जारी राख्दा प्राण धान्नकै लागि तझाडमझाड गर्दाको दृश्य हेरिनसक्नु छ । त्यसो त इजरायली आक्रमणका कारण सिंगो गाजा मसानघाटमा परिणत भएको छ । दिन परदिन बालबालिकादेखि वृद्धवृद्धासम्म मारिने यहाको दैनिकी हो । युद्धविरामका लागि पटक पटक भएको वार्ता बिथोलिँदा त्यसको प्रत्यक्ष शिकार बनिरहेका छन्, अवोध बालबालिका । तर युद्धको विभिषिका रोकेर संजोगले बाँचेका बालबालिकाहरुलाई भविश्य दिनेतर्फ कोही पनि संवेदनशील छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू