अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 02:00

६ किलो सुन र ४८ लाख रुपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०८१ असार ४ गते ६:२७ मा प्रकाशित

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले ६ किलो सुन र ४८ लाख नगदसहित एक जना चिनियाँलाई पक्राउ गरेको छ । सीआइबीले गएराति काठमाडौंको बौद्धबाट शेरब ग्याल्मो नाम गरेका ३७ वर्षिय तिब्बती मूलका चिनियाँलाई पक्राउ गरेको हो ।काठमाडौंको बौद्ध, तीनचुलेमा डेरा लिएर बस्दै आएका उनको साथबाट पक्राउ गरेका चिनियाँसँग नेपाली नागरिकता समेत फेला परेको सीआइबीले जनाएको छ । उनको डेरामा खानतलासी गर्दा सोनम गुरुङ नामको नेपाली नागरिकता फेला परेको सीआइबीले जनाएको हो ।

मुस्ताङको लोमन्थाङ गाउँपालिकाको वडा नम्बर ५ बाट उनले नागरिकता लिएका हुन् । पक्राउ परेका यी ब्यक्ति ६१ किलो सुन तस्करीमा संलग्न रहेको र सीआइबीको खोजीको सूचिमा रहेका ब्यक्ति भएको जनाइएको छ । ६१ किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको सीआइबीले हालसम्म दश जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेहरुमा चार जना भारतीय समेत छन् । गत वर्ष साउन २ गते मोटरसाइकलको ‘ब्रेक सु’ मा लुकाएर हङकङ हुँदै नेपाल ल्याइएको ६१ किलो तस्करी प्रकरणमा सीआइबीले पहिलो चरणमा २९ जनालाई प्रतिवादी बनाएको थियो । सरकारले सो प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोग बनाएको थियो । सो आयोगले गत चैत १ गते नै प्रतिवेदन गृहमन्त्री रवि लामिछानेलाई बुझाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय