अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 02:09

मुस्लिम समुदायले आज बकर इद पर्व मनाए

बिआरटीनेपाल २०८१ असार ४ गते ६:२३ मा प्रकाशित

मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाएका छन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ ।

आजको दिन जामे मस्जिदमा नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिव, एक भाग इष्टमित्र र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ । बकर इदकै उपलक्ष्यमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय