अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

जी–सेभेन नेताको अर्को शिखर सम्मेलन क्यानडामा हुने

बिआरटीनेपाल २०८१ असार ३ गते ६:०७ मा प्रकाशित

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात मुख्य देशको समूह जी–सेभेनको अर्को शिखर सम्मेलन क्यानडामा हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले जी–सेभेन नेताको अर्को शिखर सम्मेलन कानानास्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गर्नुभएको हो ।

क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । इटालीमा शुक्रवार र शनिवार गरी दुई दिनसम्म चलेको शिखर सम्मेलन समापन भएको छ । यो सम्मेलनमा युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटेको थियो ।

यो ऋण सहयोग युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्नेछ । तर रुसले यो ऋण सहयोगको सहमतिलाई लिएर नतिजा ‘निकै पीडादायी’ हुने चेतावनी दिएको छ । जी–सेभेनमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू