अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 02:05

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, ९४ कराेड रुपैयाँभन्दा बढी ठगी गरेकाे आराेप

बिआरटीनेपाल २०८१ असार ३ गते ५:४० मा प्रकाशित

सर्वसाधारणको ९४ करोड २३ लाख रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई बचतकर्ताहरूको रकम अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा तेजविक्रम थापा, सजना राजकर्णिकार,सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका बताउनुभयो । तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाण्डाैकाे गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाण्डाैकाे कीर्तिपुरका महर्जन र काठमाण्डाैकाे चाबहिलका सापकोटा संस्थाका सदस्य रहेका एसएसपी भट्टराईले बताउनुभयो ।

तेजविक्रम थापाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डाैमा पाँच सय ६६ जनाले जाहेरी दर्ता गरेका छन् । पक्राउ परेकाहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेका प्रहरीले बताएको छ । कृषि विकास सहकारीमा दुई हजार पाँच सय ३१ जनाको दुई अर्ब ८० करोड रुपैयाँ बचत रहेको प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय