अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 02:02

लण्डन टेक विकमा भएको सहभागिता सफल भयो : नास आईटी

बिआरटीनेपाल २०८१ असार २ गते ५:४८ मा प्रकाशित

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले विश्वकै ठूलो र प्रभावशालीमध्येको एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा आफ्नो सहभागिता सफल भएको दाबी गरेको छ । यही जुन १० देखि १४ तारिखसम्म ओलम्पिया लन्डनको ओलम्पियामा आयोजित प्रदर्शनीमा नास आईटीका १४ जना सदस्य कम्पनीहरूले भाग लिएका थिए । लन्डन टेक विक २०२४ मा कृत्रिम बौद्धिकता (एआई), डेटा सुरक्षा, ग्रीन इन्नोभेसन र उद्यमशीलता जस्ता महत्वपूर्ण विषय समावेश थिए । युएसएआईडीसँगको सहकार्यमा भएको नास आईटीको सहभागिताले नेपालका कम्पनीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न मद्दत गरेको दाबी गरेको छ ।

सहभागी कम्पनीका प्रतिनिधिले लन्डन टेक विक २०२४ मा सहभागी भएर ग्लोबल आईटी मार्केटको अध्ययन र अवलोकन गर्ने अवसर पाएको बताएका छन् । यस्ता कार्यक्रमले नेपाली कम्पनीको आत्मविश्वास बढाउने र तिनीहरूको प्राविधिक विकास, बजार व्यवस्थापन र बिक्रीका लागि सहयोग पुर्‍याउनेमा सहभागीले जोड दिएका छन् ।

यस प्रकारका प्रदर्शनीले अन्तर्राष्ट्रिय आईटी जगतमा नेपालको प्रतिष्ठा बढाउनुको साथसाथै व्यापार र सहकार्यको अवसर पनि सिर्जना गर्दछ । नेपाललाई ग्लोबल टेक हबको रुपमा चिनाउन हरेक वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिने नास आईटीको योजना रहेको छ । नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आईटी कम्पनीको गैरनाफामूलक छाता संस्था हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय