अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 19:02

उत्कृष्ट खेल्दाखेल्दै हार्‍याैँ, भविष्यमा राम्रो गर्नेछौँ : कप्तान रोहित पौडेल

बिआरटीनेपाल २०८१ असार २ गते ५:४४ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकासँग नेपालले उत्कृष्ट खेल्दाखेल्दै हारेको बताएका छन् । दक्षिण अफ्रिकासँग एक रनले हारेपछि भएको पत्रकार सम्मेलनमा रोहितले नेपाली टोलीले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा आफूलाई गर्व लागेको पनि बताएका छन् ।

‘हामी जितको धेरै नजिक थियौँ, केही टाढा पनि थियौँ । तर कोशिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ,’ रोहितले भने । आउँदा खेलमा नेपालले थप राम्रो प्रदर्शन गर्ने रोहितको भनाई छ । मैदानको पीचले स्पिनरलाई सफलता दिलाउने देखेर कुशल भुर्तेललाई चार ओभर बलिङ गराएको र यो रणनीति सफल भएको रोहितको भनाइ छ ।

प्रतिक्रिया