अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२
| Colorodo: 04:57
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा आफ्नो एक सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । सो क्षेत्रको करिब नौ हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेशन गरिरहेको गृहमन्त्री लामिछानेले भनाई थियो । उहाँले सो विषयमा सञ्चार माध्यामलाई आफूले चाँडै विस्तृत जानकारी गराउने पनि बताउनुभयो । गृहमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुनेगरी आधार तयार पारेको पनि बताउनुभयो ।
गृहमन्त्री लामिछानेले सरकारले जुनसुकै केशलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहोर्याउनुभयो ।