अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

केआरएसए ड्राइभ जुन २३ मा

बिआरटीनेपाल २०८१ जेठ ३१ गते १२:०४ मा प्रकाशित

न्यू योर्क । हरेक वर्ष स्थापना दिवसको अबसर पारेर रक्तदान गर्दै आएको किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले यो वर्ष जुन २३ मा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उडसाइडस्थित सत्यनारायण मन्दिरमा हुनेछ। यो कार्यक्रम न्यू योर्क ब्लड सेन्टरसँगको सहकार्यमा हुन लागेको हो। सन् २००४ मा नेब्रस्का राज्यमा विधिवत रुपमा दर्ता भएको केआरएसको यो वर्ष जुन २३ मा २० वर्ष पुरा हुँदैछ। केआरएसएलाई न्यू योर्क राज्यले पनि सोही स्थापना मितिलाई कायम गरि न्यू योर्कमा दर्ता गरिदिएको छ।

रक्तदानमा सहभागी हुन केआरएसएले आफ्नो आधिकारिक फेसबुकमार्फत आह्वान गरेको छ। रक्तदानका लागि आफ्नो उपयुक्त समय बुक गर्न क्युआर कोड उपलब्ध गराइएको छ। रक्तदानका लागि परिचयपत्र वा ब्लड डनर कार्ड अनिवार्य छ। विगत १२ महिनाभित्र ट्याटु खोपेका र एक सय १० पाउण्डभन्दा कम तौल भएकाहरु रक्तदानका लागि अयोग्य हुनेछन्। साथै, रक्तदानका लागि १६ वर्ष पुरा भएको तर ७५ वर्ष ननाघेको व्यक्ति हुनुपर्नेछ। उमेर ७५ वर्ष नाघेकाको हकमा रक्तदानका लागि डाक्टरको स्वीकृति अनिवार्य छ।

केआरएसएले कोरोना भाइरसको महामारीका बेला भएको न्यू योर्क ब्लड इमर्जेन्सीका समयमा समेत रक्तदान कार्यक्रम गरेर रगत अभाव कम गर्न सहयोग पु¥याएको थियो। ‘यस पटकको रक्तदानका लागि आवश्यक तयारी भइरहेको छ,’ केआरएसए केन्द्रिय अध्यक्ष खगेन्द्र राईले भने।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू