अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 05:03

फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन- एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ५:५५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताउनुभएको छ । बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन’, उहाँले भन्नुभयो, ‘आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’ भित्री पार्टी सङ्घर्ष भन्ने कुरा गलत भएको भन्दै उहाँले भित्री पार्टी छलफल भन्नुपर्ने पनि बताउनुभयो।

अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन खोजेको पनि बताउनुभयो । पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने ओलीको कार्यकर्तालाई सुझाव छ । ‘हाम्रो एकताकै कारण पार्टी सिद्ध्याउँछु भन्नेहरू असफल भएका हुन् । हाम्रो सुझबुझ र सचेत एकताले हो नै उनीहरू असफल भएका हुन्’, अध्यक्ष ओलीको भनाइ छ । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताउनुभयो ।

‘एउटा करायो केपी ओलीले १०८ केजी सुन चढाएँ भनेर पित्तल चढायो । छानबिन गरिपाऊ भन्यो । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, घोटेर । कहाँ गयो त्यो कराउने ?’, ओलीको प्रश्न छ । उहाँले गिरीबन्धु टिस्टेटमा ५१ र १९ विगाहा विक्री गरेर कांग्रेसले बेचेर खाएको भन्दै आफूले कानुन बनाएपछि खान नपाउँदा स्याल हुइयाँ मच्चाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय