अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 02:24

समुद्रबाट स्पेन पुग्ने क्रममा पछिल्लो पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ५:२३ मा प्रकाशित

समुद्रबाट स्पेन पुग्ने क्रममा पछिल्लो पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गएको छ । स्पेनको एउटा गैरसरकारी संस्थाले गरेको अध्ययनमा पाँच महिनामा १ सय ५४ महिला र ५० नाबालिग सहित कुल पाँच हजार ५४ जनाको ज्यान गएको पाइएको हो ।तथ्याङ्कअनुसार औसतमा दैनिक ३३ जनाको ज्यान जाने गरेको चिाियाँ समाचार संस्था रोयटर्सले जनाएको छ । गएको वर्षको तुलनामा यो सङ्ख्या डरलाग्दो रूपमा बढेको अध्ययन प्रतिवेदनले देखाएको छ । दक्षिणमा सेनेगलदेखि भूमध्यसागरको तटमा रहेको अल्जेरियासम्म स्पेन पुग्न खोज्ने आप्रवासीले लिएका आप्रवासी मार्गहरूको ‘विस्तृत’ विश्लेषणपछि यो वर्षको सङ्ख्या गणना गरिएको हो ।

धेरैजसो एट्लान्टिक मार्गमा थिए । त्यहाँ चार हजार ८ सय  आप्रवासीले स्पेनको क्यानरी टापुहरू पुग्न प्रयास गर्दा ज्यान गुमाएका हुन् । धेरैजसोले अफ्रिकाको उत्तरपश्चिमी तटमा रहेको क्यानरी टापुहरूमा पुग्न खतरनाक डुङ्गा यात्रा गर्ने गरेका र दुर्घटनामा उनीहरुको ज्यान जाने जोखिम बढेको हो । स्पेन युरोपमा राम्रो जीवन खोज्ने आप्रवासीहरूका लागि मुख्य प्रवेशद्वारहरूमध्ये एक हो । स्पेनिस टापुहरूबाट लगभग एक हजार ५ सय किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशहरूबाट आप्रवासीहरूको सङ्ख्या बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू