अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 18:50

टी–२० विश्वकप : वेष्ट इन्डिज सुपर आठमा प्रवेश, न्युजिल्याण्ड १३ रनले पराजित

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ५:१९ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेष्ट इन्डिज सुपर आठमा पुगेको छ । ब्रेन लारा स्टेडियममा आज भएको खेलमा वेष्ट इन्डिजले न्युजिल्याण्डलाई १३ रनले पराजित गरेको हो । वेष्ट इण्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै वेष्ट इन्डिज ६ अङ्क जोड्दै  सुपर आठमा पुगेको हो । न्युजिल्याण्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । न्युजिल्याण्ड पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

सुपर आठमा स्थान बनाउने वेष्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।

प्रतिक्रिया