अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ : मन्त्री अर्याल

बिआरटीनेपाल २०८१ जेठ ३० गते ५:१२ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्धनमा नेपाल प्रतिवद्ध रहेको बताउनु भएको छ । जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा सुधारका साथै त्यसक्रममा प्राप्त अनुभव, उपलब्धिबारे जानकारी दिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

मन्त्री अर्यालले मंगलबार मलेसियाका मानव संशाधन मन्त्री चि केओङ सिमसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबिच नेपाली आप्रवासी कामदारका लागि सुरक्षित कामको वातावरण निर्माण र कामदारको सीप अभिवृद्धिमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

त्यस्तै मन्त्री अर्याल र कतारका श्रम मन्त्री अली समिख अल मारीबिच पनि मंगलबार भेटवार्ता भएको थियो । दुवै मन्त्रीले नेपाली कामदारको समस्या समाधान र कामको अवस्था सुधार गर्न द्विपक्षीय सहयोगलाई सुदृढ बनाउने उपायबारे छलफल गरेको उक्त नियोगले जनाएको छ । यस्तै आज मन्त्री अर्याल सम्मेलनमा सहभागी हुने राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा सामेल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय