अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 07:48

बाग्मतीका निलम्बित मेयर भरत थापाविरुद्ध फेरि अर्काे भ्रष्टाचारको मुद्दा

बिआरटीनेपाल २०८१ जेठ २९ गते ६:५४ मा प्रकाशित

सर्लाहीको बाग्मती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।बाग्मती नगरपालिकाको वडा नम्बर ४ र १२ मा रहेको अहिले भरत तालको नामले चिनिने बाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थ बिक्री/वितरणमा अनियमितता भएको अख्तियारले जनाएको छ ।

यो प्रकरणमा निलम्बित मेयर थापासहित नगरपालिकाकी उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उनीहरूले ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ ४० पैसा हिनामिना गरेको अख्तियारले जनाएको छ । अख्तियारले जिल्ला समन्वय समितिका तत्कालीन प्रमुखबाहेकलाई अनियमितता भएको रकम बराबर बिगो मागदाबी गरेको छ । निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्काे मुद्दा दायर भएको हो । यसअघि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय