अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 07:51

विदेश पठाइदिने भनी १५ करोड ठगी गर्ने चार जना पक्राउ

बिआरटीनेपाल २०८१ जेठ २९ गते ६:५१ मा प्रकाशित

अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरूलाई सार्वजनिक गरेको हो।तीन सय जना भन्दा बढी मानिसहरूसँग अमेरिका, कम्बोडिया,न्यजिल्याण्ड,फ्रान्स लगायतका देशहरूमा पठाई दिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

उहाँले पक्राउ पर्नेहरूमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट,कास्की जिल्ला माछापुच्छे« गाउँपालिकाका २२ वर्षे नवीन वि।क र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्तलाई पक्राउ गरिएको बताउनुभयो । अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको उहाँको भनाई छ । उहाँले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न भएर उनीहरुले विगत ३÷४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको जानकारी दिनुभयो । उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको बताउनुभयो ।

उहाँले पक्राउ पर्नेहरूले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरूलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि बताउनुभयो । प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएसँगै अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । उहाँले पक्राउ पर्नेहरूले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय