अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 07:35

सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत

बिआरटीनेपाल २०८१ जेठ २९ गते ६:३४ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केही राजदूतहरूले देशको हितको पक्षका निकै राम्रा कामगरे पनि सरकारले उनीहरूलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताउनुभयो ।

व्यावसायिक हैसियत राख्ने राजदूतहरूलाई फिर्ता बोलाउनु उचित नभएको उहाँको भनाइ छ । देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाउनुभयो । प्रवक्ता महतले फजुल खर्चमा बजेट विनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय