अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 07:41

‘फुटाउ र राज गर’ नीति शासक वर्गले लिएका छन् : नेता महतो

बिआरटीनेपाल २०८१ जेठ २९ गते ६:३१ मा प्रकाशित

राष्ट्रिय मुक्ति क्रान्तिले ढोरपाटन शिकार आरक्षद्वारा स्वदेशी मगरात भूमि अतिक्रमण गरेको भन्दै सांस्कृतिक प्रतिरोध कार्यक्रम गरेको छ । मंगलबार बागलुङको बुर्तिवाङ बजारमा उक्त प्रतिरोध कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा संयोजक तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल नश्लिय चिन्तन बोकेका शासकवर्गले साझा नेपाल बन्न नदिएको आक्रोश पोख्नुभयो । उहाँले ‘फुटाउ र राज गर’ नीति शासक वर्गले गरेको भन्दै उत्पीडितहरूलाई शासकवर्गले एकजुट हुन नदिएकोले आफू पहाड हिमाल उक्लिनु परेको बताउनुभयो ।

यस्तै, नेता केशव झाले ढोरपाटन शिकार आरक्ष क्षेत्रबाट पीडित भएका मूलवासीहरूको समस्या अब समाधानमा मोर्चा अघि बढेको बताउनुभयो। यसलाई राष्ट्रिय स्तरमात्र नभएर अन्तर्राष्ट्रिय मञ्चसम्म जोडदार ढंगले उजागर गर्ने र समस्या समाधान गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय