अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८
| Colorodo: 07:53
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशमा फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किने क्रममा सोमबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग प्रचण्डले यस्तो बताउनुभएको हो । डा। बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी निकट रहेका फडिन्द्रले गत चुनावमा माओवादीको चुनाव चिन्हबाट निर्वाचन जित्नुभएको थियो । गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मत नदिन माओवादीले ह्वीप जारी गरेको थियो।
सांसद देवकोटाले माओवादीको ह्वीप उल्लंघन गर्दै पाण्डेलाई मुख्यमन्त्री बन्न सोमबार सघाउनुभएको हो । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारै देवकोटालाई निलम्बन गर्ने बताउनुभएको हो ।