अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११
| Colorodo: 14:26
शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, जीवन बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज कुथेली बुखारी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी र पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन जानकी फाइनान्स कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । आज ३ सय १४ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ५ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।