अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 07:51

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

बिआरटीनेपाल २०८१ जेठ २८ गते ७:४७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग ‘फेडेरेशन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ ९फिक्की० का प्रतिनिधिहरूले भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रचण्डले पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्र भारतीय लगानीकर्ताका लागि उपयुक्त रहेको बताउनुभयो ।

काठमाण्डौमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । भारत सरकारसँग १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने उहाँको सुझाव छ ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत जानुभएका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच हिजै भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्कनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय