अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 07:47

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ

बिआरटीनेपाल २०८१ जेठ २८ गते ७:४२ मा प्रकाशित

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ गरेका छन् । ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा. डा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गएको फागुन १५ गते तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए । उनीहरू चैत १ गते हाजिर जमानीमा छुटेका थिए । सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय