अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 07:51

राष्ट्रपति पाैडेल भाेलि स्विट्जरल्यान्ड जाने

बिआरटीनेपाल २०८१ जेठ २८ गते ७:४१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल भोलि मङ्गलवार स्विट्जरल्यान्डको जेनेभा जानु हुने भएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चमा सहभागी हुन उहाँ जेनेभा जान लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते बुधवार स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय