अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 10:58

मधेसमा मन्त्रिपरिषद् विस्तार, जनमतबाट दुई जना मन्त्री नियुक्त

बिआरटीनेपाल २०८१ जेठ २७ गते ६:२७ मा प्रकाशित

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गर्नुभएको हो । सिराहा ४ ९१० बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ ९१० बाट निर्वाचित सकिल मियाँलाई उहाँले मन्त्री नियुक्त गर्नुभयो ।

साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ। बिनाविभागीय मन्त्री बनाइएकी रञ्जु मण्डल खंगलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मियालाई जिम्मेवारी तोकिएको छैन। उहाँलाई जनमतको भागमा पर्ने अर्को मन्त्रालयको जिम्मेवारी दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय