अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 21:15

शेयर बजार सामान्य घटेकाे दिन ५ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

बिआरटीनेपाल २०८१ जेठ २७ गते ६:२३ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले घटेर २ हजार ७३ दशमलव १९ विन्दुमा झरेको छ ।आज होटल, हाइड्रोपावर, लगानी, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १०  प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल, कुथेली बुखारी हाइड्रोपावर र भगवती हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १३ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको ३२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू