प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न शनिबार मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका निम्ति शपथ लिँदै हुनुहुन्छ। गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो । त्यसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो ।
गान्धीले विश्लेषकको अपेक्षा र ‘एक्जिट पोल’लाई बेवास्ता गर्दै आफ्नो पार्टी ९कांग्रेस०लाई संसदीय संख्यामा लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशकअघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो । शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताका रूपमा चयनका निम्ति सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि खाली थियो ।
गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुनुहुन्छ भने स्वतन्त्रता सेनानी नेता जवाहरलाल नेहरूबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति समेत हुनुहुन्छ ।